साफ यू–१९ महिला फुटबल च्याम्पियनसीपको दोस्रो खेलमा नेपालले आज (बुधबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ। नेपाल र श्रीलंकाबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ।
पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा छ।
श्रीलंका अंकविहीन छ। श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन। श्रीलंका पहिलो खेलमा भुटान र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो।
च्याम्पियनसीपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा ५ टिमको सहभागिता छ।
आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन्।
शीर्ष २ टोली फाइनलमा प्रवेश गर्ने छन्। फाइनल खेल डिसेम्बर २१ मा हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







