नगरपालिकाद्धारा एक वर्षमा ११ किमी सडक कालोपत्रे


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

तनहँ । आर्थिक वर्ष ०७७÷७८ मा तनहुँको व्यास नगरपालिकाले ११ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

पूर्वाधार निर्माणलाई जोड दिएको नगरपालिकाले एकवर्षका अवधिमा विभिन्न ठाउँका सडक कालोपत्रे गरेको शहरी पूर्वाधार तथा प्राविधिक शाखाका प्रमुख वरिष्ठ इञ्जिनीयर डा राजु पौडेलले जानकारी दिए ।

उनका अनुसार सोही अवधिमा ५.१५ किमी सडक ग्राभेल भएको छ भने ७.०५ किमी सडकको नयाँ ट्रयाक खोलिएको छ भने ७४.८५ किमी सडकको स्तरोन्नति तथा मर्मत सुधार गरिएको छ । नगरपालिकाले ५५५ नयाँ धारा निर्माण, १२२ खानेपानी योजना मर्मत सुधार र २५ हजार १०० ढल निर्माण तथा सुधार गरेको जनाएको छ ।

व्यास–११ तनहुँसुर जाड्ने खड्गकाली मार्गमा हालसम्म एक हजार ५०० मिटर सडक कालोपत्रे गरिएको र पाँच हजार ७७५ मिटर नाला निर्माण सम्पन्न भएको बताए । खड्गकाली मार्ग कालोपत्रेका लागि व्यास नगरपालिकाको रु पाँच करोड र सङ्घीय सरकारको रु पाँच करोड लगानीे छ । यसैगरी दमौली केशवटार मार्ग (केशवटार बजार) मा ६ सय ६७ मी सडक कालोपत्रे भएको छ भने ६ सय ५० मी नाला निर्माण भएको छ ।

दमौली केशवटार मार्ग (पोखरीभञ्ज्याङ बजार) मा आठ सय मी सडक कालोपत्रे भएको छ भने ६ सय ९१ मी नाला निर्माण भएको छ । क्यामिन मार्गमा ८६५ मी सडक कालोपत्रे भएको छ भने ४२५ मी नाला निर्माण भएको छ । कलेस्ती मार्गमा एक हजार १८० मी सडक कालोपत्रे भएको छ भने एक हजार १६० मी नाला निर्माण भएको छ । वडा कार्यालय पहुँच मार्ग व्यास–१० मा ७९० मी सडक कालोपत्रे भएको छ भने ४८२ मी नाला निर्माण भएको छ ।

छिर्कन वडा कार्यालय मार्गमा ४०५ मिटर सडक कालोपत्रे भएको छ भने ४१६ मिटर नाला निर्माण सम्पन्न भएको छ । कमलबारी वडा कार्यालय मार्गमा ५५२ मी सडक कालोपत्रे भएको छ भने ५४४ मी नाला निर्माण सम्पन्न भएको छ । माहेन्द्री मार्ग (शिशाघाट) मा ३०० मी सडक कालोपत्रे भएको छ भने २९७ मी नाला निर्माण भएको छ । तालघरे दुम्सीचौर मार्गमा ३८८ मी सडक कालोपत्रे भएको छ भने २४६ मी नाला निर्माण भएको छ । नगरपालिकाले सोही अवधिमा तीन भ्युटावर निर्माण, दुई जातीय सांस्कृतिक सङ्ग्रहालय, ६ होमस्टे, चार पर्यटक पदमार्ग निर्माण तथा सुधार गरेको शाखा प्रमुख डा पौडेलले जानकारी दिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।