गुल्मी । जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ । अक्सिजनकै अभावले कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा गुल्मीले सञ्चालन गरेको अभियानबाट उक्त अक्सिजन उत्पादन सुरु गरिएको हो ।
गत वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन गरिएको अभियानमा झण्डै रु ८० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु ६० लाख महासङ्घले गुल्मी अस्पताललाई प्रदान गरेको थियो । पत्रकार महासंघका शाखा अध्यक्ष टोपलाल अर्यालले अक्सिजन उत्पादन सुरु हुनु आफुहरुको लागि सबैभन्दा खुसिको क्षण भएको बतएका छन् ।
सङ्घीय सरकारले प्लान्टको लागि रु एक करोड विनियोजन गरेको थियो । रु एक करोड ३१ लाखमा प्लान्ट निर्माण सम्पन्न भएको थियो । अस्पतालका प्रमुख डा उत्तम पच्याले अक्सिजन प्लान्टले आफूहरुलाई उपचारमा धेरै सहजाता मिलेको बताए । उत्पादन सुरु भएसँगै अब बाहिरबाट अक्सिजन ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।
प्लान्टबाट २४ घण्टामा ४० ठूला सिलिण्डर भर्न सकिन्छ भने सिधा पाइप जडान गरेर ५६ जनालाई अक्सिजन पु¥याउन सकिने जनाइएको छ । महामारीको समयमा दैनिक २० सम्म अक्सिजन खपत भएकोमा अहिले दैनिक पाँचवटा खपत भइरहेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताएका छन्…







