यामाहाको नयां मोडलको बाइक पोखरामा बिक्रि शुभारम्भ


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित




पोखरा ।युवा माझ लोकप्रिय ब्राण्ड यामाहाको एफ जेड भि थ्री कनेक्ट एक्स मोडल पोखरामा बिक्रि शुभारम्भ गरिएको छ ।
बुधबार गण्डकीको आधिकारिक बिक्रेता भि .ए.डब्लु.इन्टरप्राइजेज प्रा लि ले यामाहाको एफ जेड भि थ्री कनेक्ट एक्स मोडलको बाइक लन्च गरिएको म्यानेजिङ डाइरेक्टर सरोज श्रेष्ठले बताए । उनले यो बाइकले आफ्नो शैली र कार्य क्षमतामा केही सुधार गर्दै बजारमा ल्याएको बताए । यस पटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाहरूद्वारा अझ धेरै लाभान्वित हुन सक्ने श्रेष्ठले बताए ।
नयां मोडलको सो बाइकको पोखरा लन्चिङ गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख अमृतबहादुर बस्नेतले लेटेस्ट प्रबिधि यस बाइकलको माइलेज र पिक अप राम्रो भएको र अझ सुरक्षित हुनेमा आफू बिश्वस्त रहेको बताए ।
बस्नेतले पोखराको ट्राफिक समस्याप्रति चिन्ता ब्यक्त गर्दै समस्या समाधानको लागि सरोकारवाला पक्षहरुको परामर्शमा ट्राफिक व्यबश्थापनको उपायसहित प्रदेश सरकार समक्ष योजना प्रस्तुत गरेको जानकारी दिए । उनले पोखरामा सुरक्षित सडक ब्यवश्थापन, ट्राफिक नियमको कडाईकासाथ पालना , ट्राफिक लाइट ,फ्लाई ओभर लगायतका पूर्बाधर आवश्यकतामा जोड दिए । कार्यक्रमका बिशेष अतिथि नाडाको केन्द्रीय यदस्य तथा पश्चिमान्चल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्दै पोखराको ट्राफिक ब्यवश्थापनमा वाडारनाडाको सहकार्य रहने प्रतिबद्दता ब्यक्त गरे ।

यामाहा शो रुम पोखराका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले एफ जेड भि थ्री रातो, नीलो, हरियो, को ३ लाख ७९ हजार ९ सय र कालोको, ३ लाख ८९ हजार ९ सय रुपियाँ नेपाली बजार मूल्य रहेको बताए । बाइकको सबैभन्दा ठूलो सुविधा भने यसमा जडित ब्लुटुथ रहेको उनको दाबी थियो । गुगल प्लेस्टोर र आइ ओ एसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निशुल्क डाउन्लोड गरी बाइकको स्मार्ट मोडका विविध जीवन सुलभ हुने उनी बताउँछन् । यस बाइकमा अन्य बाइक भन्दा ६ वटा राम्रा सुविधाहरु रहेको उनले सुनाए । जस्मा ब्लुटुथको प्रविधिको पहिलो सुविधा रहेको छ ‘एन्सर ब्याक’ । यो सुविधाद्वारा बाइकको इन्डिकेटर झिमिकझिमक बल्नु थाल्नेछ र हर्न बज्न थाल्नेछ जसले गर्दा चालक आफ्नो साधन कहाँ राखिएको छ । भनेर बिना कुनै झन्झट थाहा पाउनसक्नेछ उनी बताउँछन् ।

बाइकमा दोस्रो सुविधा रहेको छ ‘इ–लक’ व्यवस्था । यो प्रविधिको रोचक कुरा के छ भने यदी तपाईंले इ लक प्याट्रन राखे कसैले मोटरसाइकलको चाबीले मात्र बाइक चल्न सक्ने छ । यदी सो व्यक्तिलाई तपाईंको गोप्य अनलक प्यट्रन थाहा नभइन्जेलसम्म । ‘इ–लक’ प्याट्रन मूलत आफ्नो मोटरसाइकल चोरी हुनबाट बचाउने उपयोगी सुविधा भएको श्रेष्ठ बताउँछन् ।

‘लोकेट माइ बाइक’ ब्लुटुथको अर्को सुविधा रहेको छ । यो फिचर मोबाइल एपमा क्लिक गरेमा बाइकको इन्डिकेटर १० सेकेण्डसम्म लगातार बल्ने छ । बिशेषगरी यो फिचर चालकले भिड पार्किङमा अवस्थित आफ्नो मोटरसाइकल सजिलै चिन्नुमा उपयोगी रहने श्रेष्ठ बताउँछन् ।
त्यसैगरी ‘राइडिङ्ग हिस्ट्री’ यसको चौँथो ब्लुटुथ सुविधा हो । ‘राइडिङ्ग हिस्ट्र’द्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सक्नेछन् । पार्किङ रेकड’ पाँचौ सुविधा रहेको छ जसद्वारा बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउनसक्नेछ । यसको छैटौँ सुविधा रहेको छ । ‘हजार्ड’ । हजाड बटन दबाएपछि सबै इन्डिकेटरहरू लगातार झिम्कन थाल्नेछन् जुन अति आकस्मिक अबस्थाका बेला सडकमा रहेका अन्य सहयात्रीलाई सतर्क रहन सुचित गर्न उपयोगी हुनेछ ।

एफ जेड भि थ्री कनेक्ट एक्स मोडलको थप सुविधाहरूका रहेको उनले बताए । ब्लुटुथ सुविधाबाहेक बाइक १ सय ३५ केजीको अहिलेसम्मकै हल्का वजनको यस बाइकमा १४० सेक्सनको रेडीयल टायर राखिएको उनले बताए । ‘साइड स्ट्यान्ड हटाइएको छ । साथै विएभिआई जस्ता अपग्रेड गरिएको हो । यामाहाको हरेक एफ जेड सिरीजले हरेक पल्ट ग्राहकले खोजेजस्तै सुविधा दिएर आजसम्म नेपाली बाइक प्रेमीहरूका मन जित्न सफलभएका छौं ‘ उनले भने ।

पोखरा रंगशालामा २६ गतेदेखि आयोजित यामाहा एक्सचेन्ज महामेला पनि बुधबारै सम्पन्न भएको आयोजक बिश्वकर्मा अटो वर्क्स पोखराको प्रबन्ध निर्देशक सरोज श्रेष्ठले एभरेस्ट आवाजलाई बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।