अन्नपुर्ण आमा समुह पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा पुनः रेनु थापा लामिछाने चयन भएकी छन । संस्थाको बुधबार सम्पन्न १३औ अधिवेशन तथा २६औं साधारण सभाले ढकालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिले चयन गरको हो । सस्थाको उपाध्यक्षमा गोमा पगेनी चयन भएकी छन् । यस्तै सचिवमा चन्द्रकला घिमिरे पहारी, कोषाध्यक्षमा ऋषिमाया पहारी, सहसचिवमा उर्मिला ढकालच चुनिएकी छन् ।
यस्तै सदस्यहरुमा सीता पौडेल, भुमी जिसी, जानुका पौडेल, विष्णु पौडेल, मीठु गिरी, सिता ढकाल, रमा शिवभक्त्ी, तारा रेग्मी, कमला अधिकारी,गौमाता कुवँर, लक्ष्मी गौतम, माया पहारी, गोमा भण्डारी र जमुना भुजेल चयन भएका छन् । निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
निर्वाचन अघी भएको संस्थाको अधिवेशनमा उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा न ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले वडा न ६ रहेका आमा समुहरु मध्ये अन्नपुर्ण आमा समुह अरु भन्दा पृथक रहेको बताए । संस्थाले समाज रहेका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा फोहोरमैला ब्यवस्थापनमा समेत उलेख्य योगदान रहेको प्रस्ट्याए । बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकोले पर्यटकी मजदुर देखी सम्पूर्ण वडा बासीहरुलाई कोभिड रोग विरुद्दको बुस्टर डोजखोप उपलब्ध गराउनआफुले जति सक्दो छिटो स्थानिय देखीप्रदेश सरकारसँग माग गरको जानकारी दिए ।
पोखरा महानगर पालिका वडा न ६का वडा सदस्य राममाया विश्वकर्माले सस्थाले समाजमा रहेको विकृति विसंगतिसहित अन्धविकासको बारेका जनचेतना फैलाउन आग्रह गरिन् । समाजमा भइरहेको महिला हिंसाका विरुद्द पनिआवाज उठाउन्नु पर्नेमा उनको जोड थियो ।
अध्यक्ष रेनु थापा लामिछानेले आफ्नो क्षेत्र भित्र फोहोरमैला ब्यवस्थापन देखीको भिड र डेङ्गु रोगको बारेका जनचेतना सहितप्रचापम्पिलेट सहित घरदैलो गरेको सुनाइन। अगामि दिनहरुमा पनि सदस्यहरुको आर्थिक स्तर सुधार्न वडा कार्यलय सगँ समन्वय गरेर सिपमुलक तालिमहरुको आयोजना आउँदा दिनहरुमा गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
अध्यक्षरेनु थापा लामिछानेको सभाअध्यक्षतामाभएको कार्यक्रममाउपाध्यक्षगोमापगेनीले स्वागतमनतब्य राखेको कार्यक्रममा सचिबचन्द्रकला घिमिरे पहारी सल्लाहकार लोकराज पहारी, सल्लाहाकार बलराम गिरी,जगदम्बा आमा समुहकी अध्यक्ष चन्द्रकला अधिकारी, पूर्व अध्यक्ष शान्ति रेग्मी र रेन्वो चिल्डेन होम्सका संचालक गोमा ढकाल लगायतका वक्ताहरुले संस्थाले समाजमा पु्याएको योगदानको बारेमा चर्चा गर्दै, सदस्यहरुको क्षमता अभिवृद्धि देखीआर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन आयोजकलाई सुझाब दिएका थिए ।
कार्यक्रममा सचिव चन्द्रकला घिमिरेले प्रस्तुत गरेको प्रगति प्रतिवेदन रकोषाध्यक्ष ऋषीमाया पहारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभाले सर्वसम्र्मत पारित गरेको थियो । संस्थालाई सहयोग गरे बापत रेन्वो चिल्ड्रेन होमका संचालक गोमा ढकाललाई सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर…







