राससका सेवानिवृत्त पौडेलको बिदाई


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित




राष्ट्रिय समाचार समिति, गण्डकी प्रदेश कार्यालय पोखरामा ३६ वर्ष भन्दा बढी स्थायी सेवामा रही काम गर्दै आएका भोलानाथ पौडेलको एक कार्यक्रमकाबीच बुधबार बिदाई गरिएको छ ।
रासस गण्डकी प्रदेश कार्यालय पोखरामा आयोजित कार्यक्रममा रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, सहायक समाचारदाता हरिप्रसाद बास्तोला लगायतले उनको बिदाई गरे ।
कार्यक्रममा रासस गण्डकी प्रदेश प्रमुख पौडेलले आफ्जो जीवनको लामो समय राससको सेवामा खर्चिनु भएका भोलानाथले गर्नुभएको योगदान प्रशंसनीय रहेको बताए ।
सेवामा रहँदा कर्तव्यनिष्ठता, इमान्दारिता एवम् जिम्मेवारिता जस्ता गुणहरू आँफूले पौडेलमा पाएको बताउँदै उहाँले सेवानिवृत्त जीवन सामाजिक सेवाका क्षेत्रमा लगाउने विश्वास व्यक्त गरे ।
सहायक समाचारदाता हरिप्रसाद बास्तोलाले राससको सेवा अवधिभर पौडेलले निरन्तर कामप्रतिको लगाव र इमान्दारिता देखाउनुभएको उल्लेख गर्दै सेवा पछिको जीवन स्वस्थ र सकृय बन्ने कामना गरे ।
रासस जिल्ला समाचारदाताद्वय जमुना वर्षा शर्मा र कृष्ण दवाडीले पौडेलको सेवानिवृत्त जीवनको सकृयता, सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।
२०४२ साल साउन १ गतेदेखि राससको स्थायी सेवामा प्रवेश गर्नुभएका पौडेल यही २०७८ मङ्सिर १० गतेदेखि उमेरहदका कारण सेवानिवृत्त बनेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।