कांग्रेस महिला सहमहामन्त्रीमा उपाध्याय निर्वाचित


     एभरेस्ट आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा महिला तर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् ।


बिहीबार सम्पन्न मतगणनामा उपाध्याय २ हजार ५३३ मतका साथ निर्वाचति भएको निर्वाचन समितिले जनाएको छ । उनकी प्रतिद्वन्दी कमला पन्तले २ हजार १०५ मत ल्याइन् । उनले पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै उपाध्याय महिला सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।


उपाध्याय देउवा पक्षबाट उम्मेदवारी दिएकी थिइन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।