नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत भीष्मराज आङ्देम्बे, डिना (महालक्ष्मी) उपाध्याय र जीवन परियार विजयी बनेका छन्।
काँग्रेसको महाधिवेशन केन्द्रीय निर्वाचन समितिले आदिवासी, महिला र दलित जनजाति क्लस्टरको नतिजा सार्वजनिक गरेसँगै आङदेम्बे, उपाध्याय र परियार बिजयी बनेका हुन्।
नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत आदिवासी जनजातितर्फको सह–महामन्त्री पदमा भीष्मराज आङदेम्बे निर्वाचित भएका छन्। आङदेम्बेले २ हजार ७ सय ११ मत ल्याएर सह–महामन्त्री पदमा विजयी बनेका हुन्।
उनका प्रत्यासी विकास लामाले १ हजार ९ सय १३ मत ल्याए।
त्यस्तै, सह–महामन्त्री महिला खुलातर्फ डिना (महालक्ष्मी) उपाध्याय विजयी भएकी छन्।
उपाध्यायले २ हजार ५ सय ३३ मत प्राप्त ल्याएर सह–महामन्त्री महिला खुलातर्फ विजयी बनेकी हुन्।
सोही पदकी उम्मेदवार कमला पन्तले २ हजार १ सय ५ मत प्राप्त गरिन्।
त्यसैगरी, दलिततर्फ सह–महामन्त्री पदमा जीवन परियार निर्वाचित भएका छन्। उनले २ हजार २ सय १५ मत ल्याउँदै दलितर्फको सह–महामन्त्री पद हत्याए।
दलितर्फको सह–महामन्त्री पदका मानबहादुर विश्वकर्माले २ हजार १ सय ७५ र गंगा सुनारले २ सय २९ मतमा सीमित बने।
अन्य ५ क्षेत्रतर्फ सहमहामन्त्री पदको मतगणना आज शुक्रबार मात्रै हुनेछ। जसमा खस–आर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेशीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण र रामकृष्ण यादवले उम्मेदवारी दिएका छन्।
त्यसैगरी, मुश्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकीलले उम्मेदवारी दिएका छन्। थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरीले उम्मेदवारी दिएका छन्। पिछडिएको क्षेत्रबाट चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डेले उम्मेदवारी दिएका छन्। काँग्रेसको विधानअनुसार सह–महामन्त्री हुने व्यवस्था छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी…





