फाइल तस्बीर
गण्डकी प्रदेश लगायत देशको पश्चिमी क्षेत्रमा हल्का हिमपात र वर्षाको संभावना रहेको छ।
गण्डकी प्रदेशको उच्च पहाडी भाग र हिमाली जिल्लामा आज (शुक्रबार) हल्का हिमपात र वर्षाको संभावना छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज गण्डकी प्रदेश लगायत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको संभावना रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव दिउँसोदेखि पूर्वी क्षेत्रमा सर्ने अनुमान रहेकाले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुुने अनुमान छ। प्रदेश–१ र २ मा भने यो प्रणालीको असर खासै नदेखिने महाशाखाले बताएको छ।
यो प्रणालीको प्रभाव भोलिसम्म रहने भएकाले भोलि (शनिबार) पनि गण्डकी र कर्णाली प्रदेशसहित अन्य पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ। भोलि बेलुकादेखि भने यो प्रणालीको प्रभाव हट्ने महाशाखाले जनाएको छ। यस्तै, काठमाण्डौसहित देशका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ।
काठमाण्डौसहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्ने जनाइएको छ। पोखराको विहानको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै, काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







