फाइल तस्बीर
१९ वर्षमुनिको महिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले भुटानको सामना गर्दैछ।
नेपाल–भुटानबीचको खेल बंगलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बेलुका पौने ७ बजे हुनेछ।
फाइनल पुग्ने संभावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ। नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० गोलले हराएको थियो।
भुटानले पहिलो खेलमा श्रीलंकालाई ५–० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ६–० र तेस्रो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो।
प्रतियोगितामा लगातार २ खेल जितेको भारत ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। आयोजक बंगलादेश र नेपालले समान २ खेलमा ४÷४ अंक जोडेका छन्। भुटानले ३ खेलबाट ३ अंक जोडेको छ र फाइनलको संभावना कायमै राखेको छ।
लगातार ३ खेलमा पराजित श्रीलंका भने फाइनल होडबाट बाहिरिसकेको छ। नेपालले भारतसँग पर्सी खेल्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







