फाइल फोटो : नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल
नेपाली क्रिकेट टिमका चार सदस्यले आफूहरुमाथि कारबाही गर्ने क्यानको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । नेपाल क्रिकेट बोर्ड (क्यान)ले कारवाही गर्ने निर्णय गरेको २ दिनपछि उनीहरुले शुक्रबार अपराह्न संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरुमाथि क्यानले लगाएको निर्णय पुर्नबिचार गर्न आग्रह गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका निलम्वित खेलाडी तथा निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले क्यानलाई अभिभावकीय भूमिका खेल्न आग्रह गरे ।
निलम्वित चार खेलाडीले क्रिकेट खेलबाटै भविश्य खोजिरहेका आफू र आफूजस्ता कयौं खेलाडीहरुले क्यानको निर्णयका कारण ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन नहुने बताएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







