१९ वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसीपमा नेपाल फाइनल नजिक पुगेको छ।
बंगलादेशको ढाकामा भएको खेलमा नेपालले भुटानलाई ४–० ले हराउँदै फाइनलका लागि संभावना कायमै राखेको छ।
नेपालका लागि मेनुका आलेमगरले २, कुशुम खतिवडा र रजनी थोकरले १÷१ गोल गरे। यो जितसँगै नेपालले ३ खेलबाट ७ अंक जोडेको छ।
नेपालले पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० गोलले हराएको थियो।
बंगलादेशको पनि ३ खेलबाट ७ अंक छ। नेपालले अब भारतसँग खेल्दैछ। भारतको ३ खेलबाट ६ अंक छ।
भारतलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, भारत र श्रीलंका सहभागी छन्। फाइनलमा पुग्ने शीर्ष २ टोलीले उपाधिका लागि ६ गते मंगलवार खेल्नेछन्। सन् २०१८ मा भएको च्याम्पियनसीपमा नेपाल बंगलादेशसँग फाइनलमा पराजित बनेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







