पोखरा, पुस ३
पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा रहेको सरस्वती मन्दिर संरक्षण समितिले छायाँ सरकारको रुपमा काम गर्ने भएको छ । समितिको शनिबार भएको भेलाले नालामुखदेखि पालिखेचोकसम्मको क्षेत्रमा छायाँ सरकारको रुपमा काम गर्ने निर्णय गरेको स्थानिय भिन्तुना युवा क्लवका तेर्सापट्टीका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।
समितिको भेलाले पालिखेचोकदेखि नालामुख सम्मको क्षेत्रमा स्थानिय सरकारको रुपमा रहेको वडाका जनप्रतिनिधिहरुले मनोमानी रुपमा काम गरेको आरोप लगाएको छ । साथै उनीहरु विकासका कार्यमापनि निस्कृयजस्तै भएकाले त्यसलाई प्रतिस्थापन गर्न मन्दिर संरक्षण समिति आफैले छायाँ सरकारको रुपमा काम गर्ने निर्णय भएको श्रेष्ठले बताए । समितिले विकास निर्माण र सामाजिक काम गर्ने उनको भनाई छ ।
भेलाले मनोज शिल्पकारको अध्यक्षतामा मन्दिर संरक्षण समितिको नया नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा राजु उदास र राजन शिल्पकार, सचिवमा निरज कायस्थ, सहसचिवमा मनिस सुवाल र कोषाध्यक्षमा उमेश उदास चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा खेम श्रेष्ठ, प्रविण थापा, रामहरी शिल्पकार, ईन्द्रप्रसाद द्वा, कुमार ताम्राकार, कृष्ण शिल्पकार, अनिस बाटाजु, बाबुराजा श्रेष्ठ र पदेन सदस्यका रुपमा भिन्तुना युवा क्लवका अध्यक्ष राजन श्रेष्ठ रहेका छन् । समितिको सल्लाहकारमा बुद्धिराज शिल्पकारलाई चयन गरेको श्रेष्ठले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







