फाइल तस्बीर
नेपाली महिला टोलीले यु–१९ महिला साफ च्याम्पियनसीपमा आज (आइतबार) भारतविरुद्ध खेल्दैछ।
आज भारतविरुद्ध कम्तिमा पनि बराबरी गरे नेपालले फाइनलमा स्थान बनाउन लिग चरणको अन्तिम खेलमा पुग्छ।
३ खेलबाट ७ अंक जोेडेको नेपाल अहिले लिग तालिकाको शीर्ष स्थानमा छ। समान ७ अंक जोडेको आयोजक बंगलादेश दोस्रो स्थानमा छ। ५ टोली सहभागी प्रतियोगिता राउन्ड रोविन प्रणालीमा खेलाइएको छ। शीर्ष २ टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन्।
३ खेलबाट ६ अंक जोडेको भारत तेस्रो स्थानमा छ। आजै बंगलादेशले कमजोर देखिएको श्रीलंकाविरुद्ध खेल्नेछ। प्रतियोगितामा जित निकाल्न नसक्ने श्रीलंका एकमात्र टोली हो। बंगलादेशले जितेमा उसको १० अंक पुग्नेछ।
नेपाल र भारतबीचको नतिजाले अर्को फाइनल खेल्ने टोलीको टुंगो लगाउनेछ। नेपालले जित वा बराबरी गरेमा फाइनलमा स्थान बनाउनेछ। पराजित भए नेपाल बाहिरिनेछ। त्यसैले, आज कम्तिमा पनि बराबरी गरे नेपाला फाइनल पुग्छ।
नेपाल पहिलो संस्करणको उपविजेता टोली हो। नेपाल फाइनलमा बंगलादेशसँग पराजित बनेको थियो। यसपटक नेपाल बंगलादेशसँग बदला लिएर उपाधि उचाल्ने लक्ष्यसाथ बंगलादेश गएको छ। त्यसकारण उपाधि संभावना कायम राख्न आज भारतलाई कम्तिमा पनि बराबरीमा रोक्नुपर्नेछ।
२०१८ मा भुटानमा सम्पन्न पहिलो संस्करणमा नेपालले भारतलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको थियो। निर्धारित समयमा भने १–१ को बराबरी खेलेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







