चीनका सबैभन्दा ज्येष्ठ नागरिक अलिमिहान सेयीतीको निधन भएको छ।
स्थानीय अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी १३५ वर्षीया अलिमिहानको बिहीबार निधन भएको हो।
उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो। उनी सन् २०१३ देखि देशको सबैभन्दा ज्येष्ठ नागरिक घोषित भएकी थिइन्।
निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरूले जानकारी दिएका छन्। ‘उहाँ सधैँ हाँसीखुसी देखिने र आफ्ना नातीनातीनाहरुसँग रमाउने गर्नुहुन्थ्यो,’ उनका एक आफन्तले भनेका छन्।
उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो।
रासस/सिन्ह्वा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा पोखरामा शुक्रबारदेखि डेटा ड्रिभन जर्नालिज्मको एड्भान्स…







