प्रतीकात्मक तस्बिर ।
काठमाडौं । सिरहाको गोलबजारमा दुई समूहबीचको झडपमा एक युवकको मृत्यु भएको छ । गोलबजार नगरपालिका(६ गोलबजारमा शनिबार राति दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट स्थानीय २६ वर्षका रामकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार शनिबार राति पौने ८ बजेतिर भएको झडपका क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका निकेश सदाको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको डीएसपी बुढाथोकीले बताए ।
झडपमा संलग्नहरु फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ । घटनाको दोषीलाई कारबाहीको माग गर्दै स्थानीय वासिन्दाले आइतबार दिउँसो गोलबजारमा राजमार्गसमेत अवरुद्ध गरेका थिए । डीएसपी बुढाथोकीका अनुसार अहिले भने राजमार्गको अवरोध हटेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







