पुस ४, पोखरा ।
अग्रज साहित्यकार तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्रीले पोखरेली स्रष्टा साधकलाई आफ्ना कविताका माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिद्वारा आयोजित एल.बी.को एकल कविता वाचन कार्यक्रमलाई सम्बोधन नाम दिइएको महासचिव असफल गौतमले जानकारी दिए । यही पुस ९ गते दिनको ३ः३० बजे दी भिलेज रेष्टुरेण्ट चिप्लेढुङ्गामा हुने एकल कविता वाचनमा उनले दर्जन रोज्जा कविता सुनाउने बताइएको छ ।
प्राध्यापन तथा साहित्य लेखनमा क्रियाशील क्षेत्री २०४४ सालदेखि २०७० सालसम्म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा प्राध्यापनका साथै क्याम्पस प्रमुख भएर शैक्षिक सेवामा उल्लेख्य योगदान पु¥याएका थिए ।
वाङ्मयिक अध्ययन, अनुसन्धान र साहित्यिक संगठनमा क्रियाशील क्षेत्री अनेसासका केन्द्रीय सल्लाहकार हुन् । डेढ दर्जन राष्ट्रको अध्ययन अवलोकन भ्रमण गरिसकेका क्षेत्री कविडाँडा साहित्य समाजका अध्यक्षसमेत हुन् । कथा र कविता लेखनमा क्रियाशील क्षेत्रीका आधा दर्जन कृति र दर्जनौं फुटकर लेख रचना प्रकाशित छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







