पोखरा, पुस ४
युथ कम्युनिटी क्लब पोखराको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले चिनबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा शर्मिला लामा, सचिवमा मोहन शाही, सह–सचिवमा सुशिला केसी र कोषाध्यक्षमा सुनिलकुमार ठाकुर चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा लता बराल, महेश्वर तिमिल्सेना, दिलबहादुर कुँवर, चुननारायण श्रेष्ठ, शोभित बराल र कृष्ण केसी निर्वाचित भएको क्लवले जनाएको छ ।
संस्थापक अध्यक्ष पूर्णकुमार श्रेष्ठको अध्यक्षता तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री मघु अधिकारी गुरुङको प्रमुख आतिथ्यता भएको साधारण सभामा बोल्ने वक्ताहरुले युवाहरुलाई रोजगारी र स्वरोजगारी सिर्जना गरेर विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिएका थिए ।
युथ कम्युनिटी क्लव युवा व्यवसायीहरु बीच साथ, सहयोग, सहकार्यका लागि २०६६ सालमा स्थापना भएको क्लव हो । क्लबमा देशैभरीबाट ३०० भन्दा बढी सदस्य आवद्ध छन् । क्लबले युवाहरुको लागि तालिम, गोष्टी, सेमिनार, अन्र्तक्रिया कार्यक्रम र सामुहिक व्यवसायमा प्रोत्साहित गर्ने खालको कार्यक्रमहरु गर्दै आइरहेको छ ।
क्लब हाल पोखारासँगै काठमाडौं, बुटवल, गोरखामा गठन भईसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







