सेराटारमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय लाभान्वित


     एभरेस्ट आवाज    
     पौष ४ गते २०७८ मा प्रकाशित




तनहुँ । सूर्य नेपाल प्रालि सेराटार तनहुँको आयोजना लाईफ केयर डाइग्नोष्टिक पोखरा प्रालिको प्राविधिक सहयोगमा तनहुँको सेराटारमा गरिएको बृहद निःशुल्क स्वास्थ्य शिविरमा करीब ३ सय जना लाभान्वित भएका छन् ।

स्थानिय शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर थापाको स्वास्थ्य परीक्षण गरेर शुभारम्भ गरिएको कार्यक्रममा उनीहरु लाभान्वित भएका हुन् । स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन, सर्जरी र बालरोग विशेषज्ञसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको लाईफ केयर डाइग्नोष्टिक पोखरा प्रालिका प्रबन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिए ।

उनका अनुसार शिविरमा भिडियो एक्सरे र प्रयोगशालामार्फत मधुमेह, मुटुको बोसोपना, कलेजोको परीक्षण, पिसाब जाँच, थाइराइडलगायतका रोगहरुको जाँच गरिएको थियो । लाईफ केयर डाइग्नोष्टिक पोखरा प्रालिले कोभिड–१९ को जाँच गराएर जाँचेकै दिन रिपोर्ट दिने गरेको छ ।

कोभिडको रिपोर्ट अन्र्तराष्ट्रिय रुपमा मान्यता प्राप्त भएकाले जुनसुकै देशमा पनि रिपोर्टले काम गर्ने प्रबन्ध निर्देशक कँडेलले बताए । कोभिड जाँचबाहेक लाईफ केयरले रगत, पिसाबलगायत जाँच गरेर शरिरका रोगहरु पत्ता लगाउने गर्दछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।