युथ कम्युनिटी क्लब केन्द्रीय अध्यक्षमा पूर्ण श्रेष्ठ र महासचिवमा काजी श्रेष्ठ


     एभरेस्ट आवाज    
     पौष ४ गते २०७८ मा प्रकाशित




पाेखरा । युथ कम्युनिटी क्लब, नेपाल शनिबार गठन गरिएको छ ।

३ वर्ष अघि कास्की जिल्लाबाट सुरु भएमने युथ कम्युनिटी क्बल देशभर विस्तार गर्ने उद्देश्य अनुरुप केन्द्रीय समिति गठन गरिएको हाे ।

शनिबार पाेखरामा सम्पन्न भेलाले केन्द्रीय समिति गठन गरेकाे हाे । युथ कम्युनिटी क्लब, कास्कीका निवर्तमान अध्यक्ष पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा केन्द्रीय समिति गठन गरिएको हाे । ३ सय जना युवा व्यवसायी सदस्य रहकाे यस क्लब काठमाडौं, बुटवल, चितवनमा समेत विस्तार धभैसकेकाे छ । विभिन्न व्यवसायमा आवद्ध युवा व्यवसायीहरु बीच साथ, सहयाेग र सहकार्यमा क्लबले काम गर्दै आएकाे छ ।

नव गठित केन्द्रीय समितिकाे प्रथम उपाध्यक्षमा जयन्ती माेक्तान, द्वितिय उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, महासचिवमा काजी श्रेष्ठ लगायत रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेश संयोजक ओम प्रसाद दाहाल, सचिवमा स्नेहा गुरुङ, कोषाध्यक्ष बिजय चापागाई, सह–कोषाध्यक्ष अमर भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरु आशिष बिश्वकर्मा, तिलोचन सापकोटा रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।