दिपायल । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताएका छन् ।
दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना गरिएको प्रादेशिक बायोमेडिकलको आज उद्घाटनका क्रममा उनले नागरिकलाई घरैमा उपचार मिल्ने गरी स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको बताए । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले राजपुरमा उक्त बायोमेडिकलको स्थापना गरेको हो ।
सङ्घीय राजधानी बाहिर स्थापना भएको यो बायोमेडिकल पहिलो भएको बताइएको छ । उक्त मेडिकल स्थापनापछि यहाँका लाखौं नागरिक लाभान्वित हुनाका साथै घरैमा उपचार पाउने आशा गरिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले जानकारी दिए । बायोमेडिकल सञ्चालनका लागि आवश्यक जनशक्तिको पनि व्यवस्था चाँडै गरिने निर्देशनालयले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लामाचौरमा मुख्य कार्यालय रहेको ससरधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको…







