काठमाण्डौं । प्रधानमन्त्री शेर बहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् । डाक्टर मिनेन्द्र रिजालले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएपछि रिक्त रहेको सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने भएका हुन् ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा मीनेन्द्र रिजालले पदबाट राजिनामादिनुभएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।
रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपद्बाट राजिनामा दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







