माओवादी वागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित


     एभरेस्ट आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित




माओवादी केन्द्र वागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन्।

पौडेलले १६२ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याए।

उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन्।

सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ)ले १४९ मत प्राप्त गरी विजयी बने। सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन्। कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।