काँग्रेस महाधिवेशन: केन्द्रीय सदस्य (महिला खुला)को मतपरिणाम सार्वजनिक


     एभरेस्ट आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा गत मंसीर २७ गते भएको निर्वाचन अन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) तर्फको ९ सिटको मतपरिणाम सार्वजनिक गरिएको छ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार डा डिला संग्रौला (पन्त) २,८८५, पुष्पा भुसाल २,७१८, डा आरजु राणा देउवा २,५३६, अम्बिका बस्नेत २,३३९, ईश्वरी न्यौपाने २,२५९ मतका साथ निर्वाचित भएका छन्।

यसैगरी, सरिता प्रसाईं २,०९६, रमा कोइराला पौडेल १,८५८, शुसीला ढकाल आचार्य १,८०४ तथा रङ्गमती शाही १,७८९ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

पार्टीको विधानअनुसार केन्द्रीय सदस्य (महिला खुला) ९ सिटका लागि ३० जनाको उम्मेदवारी थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।