पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले संगठनका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाल शिक्षक महासंघका निवर्तमान अध्यक्ष बाबुराम थापालाई पोखरामा सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
थापाले नेकपा एमालेको केन्द्रीय सदस्य तथा पेसागत महासंघको इन्चार्जको जिम्मेवारी प्राप्त गरेको अवसरमा संगठनले थापालाई बधाई तथा सम्मान गरेको हो ।
बधाई तथा सम्मान कार्यक्रममा थापाले आफ्नो स्वर्णीम जीवनकाल नै शिक्षणमा बिताएको हुनाले शिक्षकका समस्यालाई मसिनो ढंगले हेरेको हुँदा जायज माग र समस्या समाधान गर्नमा आफूले कुनै कसर नराख्ने बताए । सुखी नेपाली समृद्ध नेपालको नारालाई साँच्चिकै मूर्तरुप दिन राजनीतिक दलहरुले सबैभन्दा पहिला शिक्षाको आधार बलियो बनाउनुपर्ने कुरा औँल्याउँदै थापाले शिक्षणमा राज्यबाट भएका विभेदहरुको अन्त्य गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले पूर्व शिक्षक भएर अहिले पेसागत महासंघको इन्चार्ज जस्तो गरिमामय पदमा थापा स्थापित हुनु भनेको शिक्षक र शिक्षण पेसाकै लागि गौरवको विषय भएको बताउँदै थापाको सफल कार्यकालका शुभकामना, बधाई तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष राम पोख्रेल,नेराशिसं राष्ट्रिय समिति सदस्य लोचना अधिकारी, पेसागत महासंघ गण्डकी प्रदेशका संयोजक रामप्रसाद खनाल, निजामती कर्मचारी महासंघ कास्कीका अध्यक्ष अशोक खनाल, नेराशिसं पोखरा महानगरपालिकाका अध्यक्ष विष्णुहरि त्रिपाठीले शुभकामना मन्तव्य राखेका थिए ।
संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव तीर्थराज ढकालले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







