आरोप र प्रत्यारोपले संघीयता बिरोधीलाई बल पुग्छः मन्त्री बराल


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित




पोखरा ७, पुष
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले तीन तहका सरकार बिच आरोप र प्रत्यारोपले संघीयता विरोधीलाई बल पुग्ने बताएका छन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले बुधबार पोखरामा आयोजना गरेको संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई र प्रदेशले स्थानिय तहलाई उपलब्ध गराउनुपर्ने अनुदानको सिफारिस सम्बन्धि अन्तरक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले यस्तो बताएका हुन् ।
संघीयता अभ्यासको क्रममा भएको हँुदा पहिलो कार्यकालको अनुभवले देखिएका राम्रो पक्षलाई लागु गर्दै जाने नकारात्मक पक्षलाई भने निरुत्साहित गर्नुपर्ने अवस्था रहेको मन्त्री बरालको भनाई छ । संघीयता अझै अभ्यासको क्रममा रहेकोले तीन तहका सरकार बिच आरोप र प्रत्यारोप गर्न लागे संघीयता बिरोद्धीलाई मलजल पुग्ने उनको भनाई थियो । केन्द्रीकृत मानसिकताको कारण साना योजना सवै तहमा समावेस हुने गरेको मन्त्री बरालले दाबी गरेको छ । वित्त सम्बन्धिको सुत्र व्यवहारिक नभएकोसमेत उनले बताए ।
समानीकरण विक्त तर्फ बढी केन्द्रित हुनुपर्ने बताउँदै मन्त्री बरालले विक्त समानीकरण र शसर्तमा बढी जोड दिनुपर्ने बताए । विषेश र समपुरक त्यति धेरै आवश्यक नहुने उनको भनाई थियो । वित्त विज्ञ सोमलाल सुवेदी, केदार बहादुर अधिकारीले कार्यपत्र प्रस्तुतः गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।