फाइल तस्विर
काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद्मा अवरोध नगरी प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले)को अवरोधका बीच चलेको संसद् बैठक सकिएपछि पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले लामो समयसम्म संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि भएको बताए ।
“जनप्रतिनिधिमूलक संस्था भनेको जनताको सार्वभौमिक सत्ता अभ्यास गर्ने उच्चतम् थलो हो, यसमा असहमति हुन सक्छन्, तर प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्ने हो, अवरोध गर्ने होइन”, उनले भने, “राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दा होइन, आफ्नो पार्टी फुट्यो भन्ने निउँमा यसरी महिनौँसम्म बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि हो ।
प्रतिपक्षीले अनिश्चित ढङ्गले संसद्लाई बन्धक बनाउन लोकतन्त्र कमजोर हुने भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले छिटोभन्दा छिटो प्रतिपक्षले संसद् सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताए। एमालेको अवरोध कायम रहे अन्तर्राष्ट्रिय परम्परा र संसदीय मर्यादानुसार संसद्लाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





