फाइल तस्विर : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की
काठमाण्डौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे टुङ्गोमा पुग्न गठित सत्तारूढ गठबन्धनको कार्यदलको पहिलो बैठक आज बसेको छ ।
नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल निवास डल्लुमा आज बसेको बैठकमा सम्झौताबारे प्रारम्भिक छलफल सुरु भएको हो ।
प्रारम्भिक छलफल सकारात्मकरूपमा अगाडि बढेको कार्यदलका सदस्य एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सत्तारुढ गठबन्धनका दलहरूले एमसीसीबारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका थिए ।
कार्यदलमा एकीकृत समाजवादीका नेता खनाल, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चार प्रविधिमन्त्री कार्की रहेका छन् ।
कार्यदलले संसद् बैठक सञ्चालन गर्नेदेखि संसद्मा विचाराधीन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरूसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश दिइएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं । ज्ञानले अज्ञानको अन्धकार हटाउने गुरुजनप्रति सम्मान व्यक्त गर्दै आज देशभर…





