एक दिनको बाटो ४ घण्टामा छोट्टियो


     एभरेस्ट आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित




दुर्गम क्षेत्र मानिने रघुगंगा गाउँपालिका–८ को कुइने सडक सञ्जालसँग जोडिएको छ।

सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न एक दिन लाग्ने गरेकामा अब यात्रा ४ घण्टामा छोट्टिएको छ।

सडक निर्माण भएपछि आवत–जावत, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी, कृषि उपज र जडीबुटी निकासी गर्न सहज भएको वडाध्यक्ष गमान छन्त्यालले बताए।

अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य रहेको कुइनेमा मोटरसाइकल, जीप र ट्याक्टर गुड्न थालेका छन्। बिरामीलाई अस्पताल पु¥याउन सहज भएको छ।

रघुगंगा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने सडक निर्माण भएको हो। ठाडाखानीबाट कुइने जोड्ने १२ किलोमिटर दूरीको सडक मार्ग सञ्चालनमा आएको रघुगंगा गाउँपालिकाका सबइञ्जीनियर कमल चोखालले जानकारी दिए।

यस वर्ष उपभोक्ता समितिमार्फत १ हजार ५ सय मिटर सडक निर्माण भएपछि कुइने सडक सञ्जालसँग जोडिएको छ । ‘सडक स्तरोन्नतिको काम बाँकी छ’, उनले भने। बेनीबाट कुइनेसम्मको सडकको दूरी ४० किलोमिटर छ।

कुइने जोड्ने सडक निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा ८० लाख रुपैयाँ विनियोजन गरेको थियो। सडकमा पर्खाल, नालीलगायतका संरचना निर्माण गर्न बाँकी छ। गत आवमा गाउँपालिकाले ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो। कुइनेसँगै रघुगंगाका ८ वटै वडाका सबै बस्तीमा सडक विस्तार भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।