२५९८ जना निम्न माध्यामिक तहको शिक्षक आवश्यक

- (हेर्नुहोस, कुन विषयमा कति शिक्षकको माग)


     एभरेस्ट आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित




शिक्षक सेवा आयोग सानोठिमीले निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीमा २ हजार ५९८ शिक्षकको स्थायी पदपूर्तिका लागि दरखास्त मागेको छ ।
आयोगले पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म अविलम्ब शुल्कमा अनलाइनबाटै आवेदन फाराम भर्ने गरी स्थायी पदपूर्तिका लागि मागेको हो।

आयोगले अंग्रेजी विषयमा ६२४, नेपालीमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयजुर्वेदमा १, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा ३, संस्कृत भाषामा ४ र संस्कृत कर्मकाण्डमा १ शिक्षकका लागि दरखास्त आह्वान गरेको हो।
आगामी चैत १७ गते परीक्षा हुने गरी मिति निर्धारण गरेको आयोगले जानकारी दिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।