पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकासको नेतृत्व माओवादी केन्द्रले गर्ने बताएका छन् ।
पोखरा १६ अर्मलाकोटमा आयोजित बृहत्त भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै सभापति कोइरालाले सो कुरा बताएका हुन् । कोइरालाले अहिलेको राजनैतिक परिवर्तन माओवादीकै नेतृत्वमा भएको र अव विकासको परिवतन पनि माओवादीकै नेतृत्वमा मात्र सम्भव भएको दावी गरे ।
प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुदा पहिलो भ्रमण चाइना गर्दे पोखरामा अन्तराष्ट्रिय विमानस्थलको लागि कुरा अगाडि बढाएको यस्तै मध्यपहाडी लोकमार्ग निर्माण अवधारण अगाडि सारेको नेपालमा पूर्व पश्चिम रेल मार्ग बन्नुपर्छ भनेर अवधारणा ल्याने पार्टीनै माओवादी भएको बताए । कोइरालाले कास्कीकै अर्मलाको कुरा गर्दा पनि माओवादीका नेता देव गुरुङ मन्त्रीहुदा मोटरेवलपुल निर्माण गरेर तत्तकालिन अर्मला गाविस र पोखरालाई जोड्ने काम माओवादीले गरेको बताए । कोइरालाले अर्मलाकोटको पर्यटन प्रवद्र्धनको लागि प्रदेश सरकारले सहयोग गर्दे आएको र आगामिदिनमा पनि सक्दो सहयोग गर्ने बताए ।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा अखिल नेपाल खेलकुद महासंघ प्रदेश इन्जार्च जीवन खाती, नेकपा माओवादी केन्द्रका युवा नेता विपिन आचार्य ,अर्मला कोट घर भई हाल युकेमा कार्यरत पर्ता परियार ,नेकपा माओबादी १६ अध्यक्ष निर्मल आचार्य लगायतले अर्मलाकोटको विकासको लागि आआफ्ने ठाउँबाट सहयोग गर्ने बताए ।
अर्मलाकोट सामुदायिक होमस्टेका अध्यक्ष बविता गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दीपक परियारले गरेका थिए । अध्यक्ष गुङ्रुङले अर्मलाकोटमा पिच मोटर बाटो र चुकडाँडा सम्म पदमार्ग आवश्यक रहेको बताए ।
कार्यक्रममा स्थानीयको उलेख्य सहभागिता रहेको थियोभने नौमती बाजा सहित कार्यक्रमका प्रमुख अतिथि कोइराला सहित अतिथिहरुलाई फुलमालाले भब्य स्वागत समेत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






