तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ सहलगानीमा मादीनदी लिफ्टिङ–खानेपानी आयोजनाको निर्माण सुरुआत भएको छ । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम अगाडि बढेको हो ।
कूल रु २६ करोड लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको पराजुली कन्स्ट्रक्सनले ठेक्काको जिम्मा पाएको छ । विसं २०८० भदौभित्र आयोजनाको सम्पन्न गर्ने गरी सम्झौता भएर निर्माण कार्य अघि बढाइएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।
व्यास–५ स्थित मादी नदी किनारबाट व्यास–१ को अमिलीभञ्याङमासम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी लैजाने तयारी गरिएको हो । मादीनदी किनारमा पानी लिफ्टिङ गरी अमिलीभञ्ज्याङमा निर्माण गरिने पानी प्रशोधन केन्द्रबाट पानी वितरण गरिने छ । उक्त आयोजनाको निर्माण सम्पन्नपश्चात् प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमता रहेको सो संस्थाले जनाएको छ ।
अमिलीभञ्ज्याङमा पानी प्रशोधन केन्द्रस्थल निर्माणको लागि डोजर लगाएर बाटो बनाउने कार्य थालिएको छ । नेपालभरिको खानेपानी संस्थामध्ये दश वटा खानेपानी आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी संस्था पनि छनोट हुन सफल भएपछि प्रक्रिया अघि बढाइएको थियो । साना ठूला गरी चार योजना तथा आयोजनाबाट प्रतिसेकेण्ड सङ्कलन हुँदै आएको २० लिटर पानी उपभोक्तालाई वितरण गर्दै आइएको संस्थाका सचिव राजेश्वर हड्खलेले जानकारी दिनुभयो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







