आज डियसेम्बर २५ तारिक अर्थात क्रिसमस डे।
आजको दिन नेपाल लगायत इसाई धर्मालम्बीहरुका लागि विशेष र महत्वपूर्ण दिन।
इसाई धर्मालम्बी लगायत अन्य समुदायहरुले आजको दिन विश्वभर जिसस क्राइस्टको सम्झनामा क्रिसमस डे मनाउँदछन्।
आजको दिन जिसस क्राइस्ट पृथ्वीमा आएको र संपूर्ण मानवजातिको पापलाई नास गर्न मानिसकै अवतार लिएकाले आजको दिनलाई विशेष उत्सवका रुपमा मनाउनुपर्ने धारणा राखेर इसाई समुदायको चर्चहरुमा क्रिसमस डे मनाउँदछन्।
इसाई धर्मका अनुयायीहरुले आजको यो विशेष दिनलाई विशेष सौहार्दता, प्रेम र माया, सद्भाव र प्रभुको अनुकम्पामा अनुगृहित भएर मनाउने गरेका छन्। विश्वभर जिजस क्राइस्टमा विश्वास गर्ने देशहरुमा आजको दिन बिदा समेत दिने प्रचलन छ।
इसाई धर्मावलम्बीहरुको मुख्य ग्रन्थ बाइबल हो। बाइबलमा २ भाग छन्। पहिलो भाग (पुरानो नियम) र यहुदीहरुको धर्मग्रन्थ एकै हुन्। दोस्रो भाग (नयाँ नियम)मा जिजसका उपदेश, चमत्कार र उनका शिष्यहरुसँग बढी सम्बन्धित छ।
पछिल्ला २ वर्ष यता विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण क्रिसमस डे मनाउने उत्साहमा केही कमी आएपनि यो वर्ष क्रिसमस डेको वरपर नै विश्वका विभिन्न देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले दुःख दिएको छ।
त्यसैले यस वर्ष पनि विश्वभर कोरोनाभाइरसबाट बच्न स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै क्रिसमस डे मनाउन भनिएको छ।
नेपालमा ४ सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन्। विक्रम संवत् ०६२–६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ।
यसैबीच, सरकारले आज सार्वजनिक बिदा दिने दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिसमसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





