काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै, सभापति देउवाले पदभार ग्रहण गर्ने


     एभरेस्ट आवाज    
     पौष १० गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

नेपाली काँग्रेसको नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज (शनिबार) बस्दैछ।

त्यसअघि, १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सभापति शेरबहादुर देउवा लगायत पदाधिकारी र सदस्य सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण र पदभार ग्रहण गर्ने कार्यक्रम छ।

नेपाली काँग्रेसमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति देउवा लगायत पदाधिकारी र सदस्यहरुले आज पदभार ग्रहण गर्नेछन्।

काँग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको छ।

सभापति लगायत पदाधिकारी र सदस्यहरुको पदभार ग्रहणपछि महाधिवेशबाट आएको काँग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने कार्यसूची छ।

काँग्रेसको केन्द्रीय समितिमा सभापति १, उपसभापति २, महामन्त्री २, सह–महामन्त्री ८ सहित १ सय ३४ केन्द्रीय सदस्यका लागि गएको मंसीर २७ गते चुनाव भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।