नदीपुरमा वाचनालय स्थापना, वात्स्यायानद्वारा उद्घाटन


     एभरेस्ट आवाज    
     पौष १० गते २०७८ मा प्रकाशित




पोखरा । सूर्योदय क्लब नदीपुरको पहलमा स्थापित वाचनालयको शनिबार उद्घाटन गरिएको छ । बरिष्ठ कलाकार दुर्गा बराल बात्स्यायानले वाचनालयको उद्घाटन गरेका हुन् । प्रमुख अतिथि बरालले वाचनालय नभएको शहर मृत शहर हुने बताउदै टोलमै वाचनालय स्थापना भएकोमा युवा प्रयासको सराहना गरे । पुस्तकालय भनेको ज्ञानको भण्डार रहेको बताउदै बरिष्ठ कलाकार बरालले यसको सदुपयोग गर्न आग्रह गरे ।


क्लबका अध्यक्ष शेखर पराजुलीले वाचनालय स्थापनाका क्रममा ब्यहोर्नु परेका उतार चढावको बकपत्र प्रस्तुत गर्दै यसलाई जिबन्त वाचनालय बनाउने प्रण गरे । पराजुलीले वाचनालय तत्कालकालागि सांझपख मात्र खुल्ने जानकारी दिदै वाचनालयलाई अन्तर्क्रिया लगायत बिबिध गतिबिधिको केन्द्र बनाउने बताए । २ तले भबनको माथिल्लो तलामा वाचनालय र तल्लो तलामा क्यान्टिन रहनेछ भने परिसरमा पार्क , व्यायामशाला रहेका छन् । कुल २३ लाख ५२ हजार आम्दानी भई २२ लाख ८८ हजार खर्च गरि ६४ हजार बचत रहेको अध्यक्ष पराजुलीले बताए । बचत रकम कुर्सि टेबल किन्न प्रयोग गरिने क्लबको योजना रहेको उनले जानकारी दिए ।
शुभकामना मन्तब्य ब्यक्त गर्दै बिशेष अतिथि पोखरा महानगर पालिका वडा नम्बर ३ का वडा अध्यक्ष रबिन्द्रबहादुर प्रजुले वडाले थप पूर्बाधर बिकासकालागि सहकार्य गर्ने उद्घोष गरे । वडा अध्यक्ष प्रजुले इन्टरनेट सुबिधाकोलागि फ्रि वाइफाई उपलब्ध गराउने बाचा गरेका छन् ।
वाचनालय निर्माण समितिका संयोजक भुपालजंग कुंवरको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्रज कलाकार प्रकाश घिमिरे महिला मिलन समूहका संस्थापक अध्यक्ष लक्ष्मी पराजुली, क्लबका उपाध्यक्ष यशोदा गौत्तम , सचिब षडंगराज पराजुली लगायतले मन्तब्य राख्दै शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा उन्नति बचत तथा ऋण सहकारी संस्था नयांबजारद्वारा प्रिन्टर तथा प्रोजेक्टर हस्तान्तरण गरिएको थियो भने वडा अध्यक्ष रबिन्सन प्रजुले साधारण सदस्यसमेत ग्रहण गरेका थिए । उद्घाटन समारोहमा वाचनालय र क्यान्टिनका परिकल्पनाकार समाजसेवी स्व.मेजर चन्द्रबहादुर पहरे पुनको फोटोमा माल्यार्पण गरि श्रद्दान्जली अर्पण गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।