पोखरा १० मङ्सिर
विपद् अथवा द्धन्द्धबाट प्रभावित मानिसहरुलाई मर्यादा सहितको जीवन बाँच्न पाउने अधिकार सहित विपद न्यूनिकरण र पूर्व तयारीमा ध्यान दिनु पर्ने आवश्यताको बारेमा पोखरामा सचेतना कार्यक्रम गरिएको छ । राष्टिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गण्डकी प्रदेश सरकारको समन्वयमा प्रकोप पूर्व तयारी सञ्जाल नेपालको आयोजनामा ‘स्फियर मापदण्ड सचेतना’को कार्यक्रम गरिएको हो ।
सञ्जालका अध्यक्ष सूर्यबहादुर थापाले मानवीय प्रतिकार्यहरुको गुणस्तरमा सुधार ल्याउन र आफ्ना क्रियाकलापका लागि जवाफदेही हुने उद्देश्य सहित सन् १९९७ स्फियर शुरुआत भएको जानकारी दिए । स्फियरले विशेषत ः विपद् अथवा द्वन्द्वबाट प्रभावित मानिसहरुलाई मर्यादा सहित जीवन बाँच्न पाउने अधिकार, उनीहरुलाई सहयोग प्राप्त गर्ने अधिकार साथै विपद् अथवा द्वन्द्वबाट उत्पन्न मानवीय पीडालाइ कम गर्नका लागि सम्भव सबै कदम चालिनुपर्छ भन्ने मुल भूत सिद्धान्त स्फियरको रहेको बताए । उनले नीति नियम ऐन सबै बनेको तर जोखिम न्यूनिकरण र पूर्व तयारीका लागि पर्याप्त ध्यान र लगानी हुन नसकेको उल्लेख गरे ।
सचेतना कार्यक्रममा प्राधिकरणका उपसचिव डा.डिजन भट्टराईले प्राधिकरणका क्षेत्राधिकार भित्र रहेको कार्यहरुको बारेमा जानकारी गराए । उनले जिल्ला व्यवस्थापनको कोषमा गएर पैसा जम्मा हुने तर प्रभावितसम्म पुगेर कार्यको थालनी हुन नसकेको बताए । पुननिर्माणका अनुदान साझा अधिकार सूचि र कतै एकल अधिकार भएपनि एकद्धार प्रणालीबाट जाँदा प्रभावकारी हुने उनको भनाइ थियो । गत आर्थिक वर्षमा प्राधिकरणबाट ३० करोड रकम पठाएको जानकारी दिदै सम्बन्धीत निकायबीच समन्वय हुन नसक्दा सो अनुसारका घरहरु बन्न नसकेको बताए । प्रविधिमा आधारित पूर्व तयारी तथा प्रतिकार्यको लागि दिगोलक्ष्य सहितको कार्यक्रम आवश्यता रहेको उनको भनाइ थियो ।
सहजकर्ता शक्ति गुरुङले स्फियर निर्देशिकामा समेटिएका विषयहरुमा प्रष्ट पारेका थिए । विशेषगरी मानवीय बडापत्र, संरक्षण सम्बन्धी सिद्धान्तहरु मूलभूत मानवीय मापदण्ड, पानी आपूर्ति, सरसफाइ तथा स्वास्थ्य प्रवद्र्धन, खाद्य सुरक्षा तथा पोषण , आवस तथा बस्ती र स्वास्थ्य भित्रका सूचकहरुको बारेमा जानकारी गराए ।
गण्डकी प्रदेशका योजना तथा विपद् व्यवस्थापन शाखाका उपसचिव यामप्रसाद सुवेदीले विपद् न्यूनिकरणमा प्रदेश सरकार अवलम्बन गरेका नीतिहरुको बारेमा जानकारी गराए ।
कार्यक्रमका सहभागिहरुले विपद् पछाडिको समयमा अवलम्बन गर्नुपर्ने विषयमा प्रतिवद्धता जनाए । कार्यक्रममा सरकारी कार्यलयका विपद्मा काम गरेका फोकल पर्सनहरुलाई सरोकारवालाहरुलाई सहभागिता गराइएको कार्यक्रम संयोजक सान्त्वना देवकोटाले जानकारी दिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर प्रदर्शन हुन थालेपछि सप्तरीको राजविराज क्षेत्रमा कफ्र्यु…





