मनाङमा हाल हिमपात रोकिएको छ।
मंगलबारदेखि लगातार २ दिनसम्म हिमपात हुँदा जनजीवन कष्टकर बनेको त्यहाँ बिहान ३ बजेदेखि हिमपात रोकिएको जिल्ला प्रहरी कार्यालय मनाङको संचार केन्द्रले एभरेस्ट आवाजलाई जनाएको छ।
केन्द्रका अनुसार हाल त्यहाँ हिमापत रोकिएर जिल्ला सदरमुकाम चामेमाथिको डाँडाहरुमा घाम लागेको छ। हिमपात रोकिएपनि सदरमुकाम चामेको जनजीवन कष्टकर नै रहेको मनाङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले जानकारी दिए।
इन्स्पेक्टर अधिकारी भने, ‘सदरमुकाम डाँडामाथि घाम देखिएपनि लगातार २ दिन अघिदेखि परेको हिमपातका कारण सदरमुकाम चामे बजारमा अहिले पनि हिउँ जमेको छ। स्थानीयहरु घरबाट बाहिर निस्कन सकेका छैनन्। २/४ वटा पसलहरु खुलेका छन्।’
हिमपातमा परेर सम्पर्कबिहीन नासो गाउँपालिका–४ बडारथोकका भेडी गोठाला आच्यो गुरुङ अझै सम्पर्कमा नआएको अधिकारीले बताए।
आच्योको खोजी कार्य जारी रहेको उनले उल्लेख गरे। प्रहरीले आच्योको खोजी कार्य बिहीबार पनि जारी राखेको अधिकारीले जनाए। आच्योको खोजी कार्यका लागि प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोली लुम्रुचोकस्थित भेडी गोठतर्फ बिहानै गएको उनले बताए।
बुधबार बिहान १० बजेतिर गोठ गएका आच्यो दिउँसो १ बजेबाट सम्पर्कबिहीन बनेका थिए। आच्योसँगै गोठ गएका अन्य २ जना फर्किए पनि आच्यो भने बाटोबाटै सम्पर्कबिहीन बनेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






