विश्वभर एकैदिन १८ लाख बढी कोरोना संक्रमित थपिए

- ५ लाख कोरोनामुक्त, ६ हजारको मृत्यु


     एभरेस्ट आवाज    
     पौष १६ गते २०७८ मा प्रकाशित




विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख २९ हजार कोरोना संक्रमित थपिएका छन्।

अमेरिकामा मात्रै ५ लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएको छ। फ्रान्समा २ लाख ६ हजार, वेलायतमा १ लाख ८९ हजार, स्पेनमा १ लाख ६१ हजार, इटलीमा १ लाख २६ हजार संक्रमित थपिएका छन्।

त्यसैगरी अर्जेन्टिनामा ५० हजार ५ सय, जर्मनीमा ४१ हजार ८ सय र टर्कीमा ३९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको हो।
वल्र्डोमिटरकाअनुसार यस अवधिमा ५ लाख २० हजार जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ३ सय ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जसमध्ये अमेरिकामा १२ सय ९०, रसियामा ९ सय २६, पोल्याण्डमा ७ सय ०९, जर्मनीमा ३ सय ७९, वेलायतमा ३ सय ३२, फ्रान्समा १ सय ८०, इटालीमा १ सय ५६ र ब्राजिलमा १ सय ५४ जनाको मृत्यु भएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।