सुरेशकुमार श्रेष्ठले आसन्न नेपाल निजामति कर्मचारी युनियन कास्कीको आगामी नेतृत्वका लागि आफ्नो उमेदवारी घोषणा गरेका छन्।
पुसको २३ गते हुन गइरहेको युनियनको ८ औं जिल्ला अधिवेशनमार्फत युनियनमा युनियनको अध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गर्दै श्रेष्ठले चुनावी प्रचार प्रसारको थालनी समेत गरेका छन्।
युनियनभित्र रुपान्तरण र पुस्तान्तरणसँगै युवा तथा सृजनशील जुझारु नेतृत्वका लागि अध्यक्ष पदमा आफ्नो उमेद्वारी रहेको श्रेष्ठले दाबी गरेका छन्।
उनले हालै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उमेदवारी र चुनावी प्रचार, प्रसार थालेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘निजामति कर्मचारी युनियन, कास्कीको ८ औ जिल्ला अधिवेशनबाट नेतृत्व रुपान्तरण र पुष्तान्तरण संगै युवा र ईच्छुक लगनशिल श्रृजनशिल जुझारु नेतृत्व चयन गरि युनियनमय बनाउनको लागि मेरो जिल्ला अध्यक्षमा उम्मेदवारी हो। आशा र भरोसा छ कि यहाँहरुको माया स्नेह र अमूल्य मत प्रदान गरि मलाई अत्यधिक मतका साथ बिजय गराउनु हुने छ। धन्यवाद जय नेपाल।’
श्रेष्ठले आफ्नो उमेदवारीको सम्बन्धमा १७ बुँदे प्रतिबद्धतासमेत जनाएका छन्। सबल र सक्षक संगठन निर्माण एवं प्रजातान्त्रिक विचारमा आबद्ध संघसंस्था र पार्टीसंग राम्रो सम्बन्ध राख्न आफ्नो उमेदवारी रहेको स्पष्ट पारेका छन्।
कास्कीको सबै सरकारी कार्यालयहरुमा पुगेर आफूले कर्मचारीहरुको समस्या बुझ्ने र समाधानमा लाग्ने श्रेष्ठले आफ्नो प्रतिबद्धता जनाएका छन्।
ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर सरुवा–बढुवामा परेको पिरमार्काहरुलाई सरकार र सरोकारवाला निकायहरुमा जोडदार माग राख्न र कर्मचारी युनियनमा लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्न आफू लागि पर्ने श्रेष्ठको प्रतिबद्धता छ।
अग्रजहरुको सम्मान गर्दै युनियनलाई कृयाशिल बनाउने र जिल्लामै कर्मचारी युनियनलाई निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा पहिलो बनाउने श्रेष्ठले प्रतिबद्धता जनाएका छन्।
युनियनभित्र रहेको कमी कमजोरीहरुलाई सुधार गर्दै संगठित युनियनको निर्माण गर्ने उनको प्रतिबद्धता छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






