Youth gather at Maitighar Mandala on the occasion of Dhaka Topi Day on January 1, 2017. Photo Courtesy: Jagaruk Yuwa Abhiyan Nepal
आज (शनिबार) इस्वी संवतको नयाँ वर्ष २०२२ पहिलो तारिक।
यस दिन नेपालमा राष्ट्रिय पोशाक र टोपी दिवस मनाइन्छ।
नेपाली कला, संस्कृति, भाषा र वेशभूषा लोप हुन लागेको भन्दै नेपाली पोसाक दिवस मनाउन सुरु गरेको हो। मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी तथा र पुसको १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेको हो।
सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली ढाका टोपी, भाद्गाउँले टोपी लगायतका पोशाकलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित सरकारलाई दबाब दिन आजको दिन काठमाडौ उपत्यकासहित देशको ७७ वटै जिल्लाहरुमा टोपी र राष्ट्रिय दिवस मनाउने चलन छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







