माओवादी महाधिवेशन : आज नेतृत्व चयन


     एभरेस्ट आवाज    
     पौष १७ गते २०७८ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ८ औं राष्ट्रिय महाधिवेशन जारी छ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भएपनि विधान मस्यौदा पारित भएको छैन।

सो विधान मस्यौदा पारित भएपछि मात्रै आज (शनिबार) नेतृत्व चयनको विषयले प्राथमिकता पाउनेछ।

माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ।

माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको हो। सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ। हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्। अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की जस्तै छ। वरिष्ठ नेताहरुलाई उपाध्यक्षमा समेटन लागिएको छ।

माओवादी केन्द्र श्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो संभावना छ। महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन्। यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारीमा गरेको श्रोतले बताएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।