देउवाले मनोनीत गरे रामचन्द्र पौडेलसहित १० जना काँग्रेसका केन्द्रीय सदस्य


     एभरेस्ट आवाज    
     पौष १८ गते २०७८ मा प्रकाशित




काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

देउवाले रामचन्द्र पौडेलसहित हालैसम्पन्न महाधिवेशनमा उम्मेदवार भएर पराजित बनेका र उम्मेदवार नै नबनेका नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका हुन्।

सभापतिको उम्मेदवार बनेर पराजित भएका प्रकाशमान सिंह र विमलेन्द्र निधि, महामन्त्रीको उम्मेदवार भएर पराजित भएका डा. प्रकाशसरण महत, उपसभापतिको उम्मेदवार भएर पराजित भएकी सुजाता कोइराला र विजयकुमार गच्छदार तथा केन्द्रीय सदस्यको उम्मेदवार भएर पराजित भएकी उमा रेग्मीलाई देउवाले मनोनित गरेका छन्।

यस्तै, उम्मेदवार नै नबनेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का र मीन विश्वकर्मालाई पनि देउवाले मनोनयन गरेका छन्।
काँग्रेस विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ। ऋब, देउबाले २३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन्। पहिलो पटकमै मनोनित हुने चर्चामा रहेका महामन्त्रीमा पराजित प्रदीप पौडेल, सभापतिमा पराजित कल्याण गुरुङ र महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाल भने यस पाली मनोनित हुन सकेनन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।