आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


     एभरेस्ट आवाज    
     पौष १८ गते २०७८ मा प्रकाशित




कार्यव्यवस्था परामर्श समितिको बैठक आज (आइतबार) बस्दैछ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। त्यसभन्दा अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो।

कार्यव्यवस्था परामर्श समितिमा सबै दलको प्रतिनिधित्व रहन्छ। बैठकमा नेकपा एमालेका प्रतिनिधि पनि सहभागी हुने र संसद बैठक संचालन सम्बन्धमा पुरानै माग राख्ने एमाले श्रोतले बताएको छ।

कार्यव्यवस्था परामर्श समिति बैठकले संसद् बैठकको कार्यसूचीलगायत विषय तय गर्ने गर्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।