आज काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै


     एभरेस्ट आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज(सोमबार) बस्दैछ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने तय भएको काँग्रेस पार्टी कार्यालयले जनाएको छ।

गत मंसीर २४ देखि २८ गतेसम्म सम्पन्न १४ औँ महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो। पहिलो बैठक यसअघि यही पुस १० गते बसेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।