स्वास्थ्य मन्त्रालयले भन्यो, थप सतर्कता अपनाऔं


     एभरेस्ट आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित




फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिअन्ट ओमिक्रोन नियन्त्रणका लागि थप सतर्कता अपनाएर तयारीमा लाग्न अनुरोध गरेको छ।

मन्त्रालयले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय र सबै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेख्दै ओमिक्रोन संक्रमणलाई बढ्न नदिन जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न गराउन, जोखिम क्षेत्रहरू (हटस्पट) पत्ता लगाई परीक्षणको दायरा बढाउन अनुरोध गरेको हो।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमाबाट प्रवेश गर्ने यात्रुहरूको परिक्षण, खोप लगाउन छुटेकाहरूलाई लक्षित वर्गलाई खोप लगाउन र आइसोलेसन तथा क्वारेनटाइनमा रहेकालाई निगरानी गर्न समेत आग्रह गरिएको छ।

महामारीको जोखिम बढिरहेको हुँदा पहिचान भएका कोभिड–१९ केसको आइसोलेसन, उपचारलगायतको व्यवस्थापनमा समन्वय र सहयोग गर्न भनिएको छ।

पहिचान भएका संक्रमितसँग सम्पर्कमा आएकालाई कनट्याक्ट ट्रेसिङ गर्न र सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको प्रोटोकल अनुसार परीक्षण तथा व्यवस्थापन गर्न भनिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।