राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले गण्डकीबाट ३ जना उम्मेदवारले उम्मेदवारी दिने भएका छन्।
कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र बागलुङका गोविन्दबहादुर नेपालीलाई एमालेले निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो।
माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार २० पुसमा मनोनयनको कार्यक्रम छ। सोमबार बसेको एमाले सचिवालयको बैठकले कास्कीका पौडेललाई खुलातर्फ, नवलपुरकी थनेतलाई महिलातर्फ र बागलुङका नेपालीलाई दलिततर्फ उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सचिवालयले सातै प्रदेशका क्लस्टर अनुसार १९ उम्मेदवारको नाम टुंगो लगाएको हो ।
गण्डकीमा एक दलित, एक महिला र एक अन्य गरी ३ सिटमा निर्वाचन हुँदैछ ।
यसमा गण्डकी प्रदेशभित्रका पालिकाका प्रमुख र उपप्रमुख गरी १७० जना र प्रदेशसभा सदस्य ५९ जना मतदाता रहनेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ । पोखरा २२ कोदीमा आयोजित…





