सोल । दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ । यस भाइरसबाट दुई जनाको ज्यान गएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो । गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एकजनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।(रासस-सिन्ह्वा)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लामाचौरमा मुख्य कार्यालय रहेको ससरधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको…







