राष्ट्रिय सभा सदस्य निर्वाचनः १९ सिटमा ४३ उम्मेदवार

- (हेर्नुहोस, उमेदवारको नामावलीसहित)


     एभरेस्ट आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित




राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाले उमेदवारी दर्ता गराएका छन्।

प्राय सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच नै कडा प्रतिस्पर्धा हुनेछ। सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन्।

आयोगका अनुसार नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उमेदवारी दर्ता गराएका छन्।

निर्वाचन कार्यक्रम अनुसार पुस आज (बुधबार) उमेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन कार्यतालिकाको सूची छ।

यसैगरी पुस बिहीबार र शुक्रबार गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस शुक्रबार नै उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगको निर्वाचन तालिका छ। माघ १२ मा निर्वाचन हुनेछ।

हेर्नुहोस, उमेदवारको नामावली


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।