कास्की प्रहरीले ३४७ एम्पुल लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ।
पोखराको पावरहाउसबाट २ जना र हेमजाबाट १ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरीका अनुसार मकवानपुर हेटौंडा उपमहानगरापालिका–१ स्थायी घर भएका १९ वर्षीय आशिष अर्याल र पोखरा–१३ काहुँखोला स्थायी घर भएका २५ वर्षीय अनिष खत्री र बागलुङ जिल्लाको बागलुङ नगरपालिका–८, स्थायी घर भएका (नाम परिवर्तन) जी किशोरलाई पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पोखराको हेमजा र पावरहाउसबाट जना गरी तीनजनालाई अवैध लागु औषधसहित पक्राउ गरेको
आशिष अर्यालबाट डाईजापाम–६५ एम्पुल, फेनारगन– ६८ एम्पुल र नुर्फिन –७३ एम्पुल गरी जम्मा –२०६ एम्पुल लागु औषध वरामद भएको छ। त्यस्तै अनिश खत्री र १७ वर्षीय किशोरको साथबाट डाईजापाम–१५ एम्पुल, फेनारगन–१५ एम्पुल र नुर्फिन– १५ एम्पुल गरी जम्मा ४५ एम्पुल र डाईजापाम–३२ एम्पुल, फेनारगन –३२ एम्पुल र नुर्फिन–३२ एम्पुल गरी ९६ एम्पुलसहित कूल ३४७ एम्पुल लागु औषध वरामद गरिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







