तनहुँमा लगाए १ लाख ३५ हजार जनाले कोरोना विरुद्धको खोप


     एभरेस्ट आवाज    
     पौष २२ गते २०७८ मा प्रकाशित




तनहुँमा हालसम्म १ लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन्।

जिल्लाभर १ लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाको १० पालिकामध्ये ७ वटा पालिकामा कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयको दाबी छ। कोरोनामुक्त हुने १ नगरपालिका र ६ गाउँपालिका छन्।

भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी , म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिका कोरोनामुक्त भएका छन्।

व्यास नगरपालिकामा ३ र भानु र शुक्लागण्डकीमा १/१ जना गरी ५ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा वैशाखदेखि हालसम्म १ सय २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।